Logo

जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेले



जर्मनी, २३ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेका छन् ।  बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो ।

पहिलो हाफमा सर्गे नाब्री र काइ हाभर्जले एक/एक गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाएका थिए । नाब्रीले खेलको १५औं र हाभर्जले २२औं मिनेटमा गोल गरेका थिए ।

तर, दोस्रो हाफमा अर्जेन्टिनाका लुकास अलारियो र लुकास ओकाम्पोसले एक/एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । अलारियोले ६६औं र ओकाम्पोसले ८५औं मिनेटमा गोल फर्काए ।  मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अजरबैजानले बहराइनलाई ३–२ ले हराएको छ ।



प्रतिक्रिया दिनुहोस्