Logo

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष



बेझाड, २३ असोज  : पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ ।

यहाँको दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गरेको हो ।

उहाँले दरैठाँटी माविमा रु ५१ हजार ६०६ र रामतुलसी माविमा ५१ हजार ४७० बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगस्वरुप कँडेलले बुबा तारानाथ कँडेल र आमा तिलमाया कँडेलका नाममा दुवै विद्यालयमा सो छात्रवृत्ति कोष स्थापना गरेको हो ।

“गरीब तथा जेहेन्दार विद्यार्थीमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ”, उनले भने ।

नेपाल फर्मासिटीकल्स ल्याब प्रालिका सेल्स म्यानेजर कँडेलले अक्षयकोषमार्फत वार्षिक रुपमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्