Logo

काउली बुढीको दशैं कोसेली ‘के हो कुरा ?’ (भिडियोसहित)



काठमाडौं, २३ असोज । चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ को नयाँ गीत के हो कुरा ? सार्वजनिक भएको छ । सन्ध्या र सुरेश लामाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो काउली बुढी नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, रचना रहेको छ भने संगीत पनि पोखरेलकै छ । भिडियोमा काउली बुढीको साथै दुर्गेश थापा र उमेश राई (फुलन्देकी आमा) को पनि अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्