Logo

सी जिनपिङका लागि डाक्टरसहितको आकस्मिक स्वास्थ्य टोली



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङसहितको चिनियाँ भ्रमण टोलीका लागि आकस्मिक स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको छ । यसका लागि नेपाली सेनाको स्वास्थ्य टोलीका अलावा अन्य डाक्टरहरुसमेतको टोली रहेको छ ।

टोलीमा रहेका डाक्टरहरुबारे समेत गोपनीयता राखिएको छ । आकस्मिक स्वास्थ्य टोली चिनियाँ राष्ट्रपति सी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि र फर्किनुअघिसम्म साथमै रहनेछ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि यस्तै प्रकारको विशेष टोली परिचालन गरिएको थियो ।

सीको विशेष विमानमा पनि स्वास्थ्य टोली सँगै रहनेछन् । निजी चिकित्सकसहित नेपाल आउने सीका लागि नेपालतर्फबाट पनि आकस्मिक सेवाका लागि चिकित्सक टोलीको व्यवस्था गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्