Logo

नौं करोड मूल्य पर्ने घडी नाडीबाटै थुतेर चोर फरार



नौं करोड नेपाली रुपैयाँ मूल्यको घडी लगाएकै अवस्थामा चोरी भएको छ । एकजना जापानी व्यापारी आफू बसेको पाँच तारे होटलबाट चुरोट पिउन बाहिर निस्कँदा घडी चोरी भएको हो ।

पेरिसको होटल नेपोलियनमा यसै हप्ताको सोमबार भएको घटनामा रिचर्ड मिले टरबिलन डाइमन्ड ट्वीस्टर घडी लगाएका जापानी नागरिकलाई चोरले चुरोटका लागि अनुरोध गरेका थिए । जब उनले चुरोट दिन खोजे तब चोरले घडी थुतेर भागे ।

घडीको बाहिरी आवरणमा हीरा जडित छ । पेरिस प्रहरीले घडी चोरको खोजी गरिरहेको जनाएको छ । घटनाको भिडियो फुटेज सुरक्षित रहेको पेरिसका सञ्चारमाध्यमले जनाएका छन् । महँगा घडी चोरी गराउन चोरहरुलाई भाडामा प्रयोग गर्ने समूह सक्रिय रहेकोजनाइएको छ । पेरिसमा पछिल्लो समय घडी चोरको बिगबिगी छ ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्