Logo

चिनियाँ राष्ट्रपतिको स्वागतको लागि काठमाडौंमा भव्य तयारी (फोटोफिचर)



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सि जिङफिङको आगामी शनिबार र आईतबार हुने दुई दिने राजकीय भ्रमणलाई लिएर सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतको लागि काठमाडौं बेहुलीझैं सिंगारिएको छ । राष्ट्रपतिको भ्रमणमा स्वागतका लागि काठमाडौंलाई झिलिमिलि पारेको छ।

रातारात सडक पिच गर्नेदेखि सडक किनारामा अस्थायी आकर्षक कृत्रिम बगैचा समेत निर्माण गरेको छ। दशकौ बन्न नसकेको तिनकुनेको पार्क निर्माण स्थलमा अस्थायी कृत्रिम पार्क देखि आकर्षक पेन्टिङ सहितको फ्लेक्सले पुरानो ठाउँ नै हैन झै लाग्नेगरी सिंगारिएको छ।



प्रतिक्रिया दिनुहोस्