Logo

रामलीला सम्पन्न



राँझा, २३ असोज  : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको हो ।

एकसय ५२औँ वर्षमा प्रवेश गरेको नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।

सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गरेका हुन्् । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन भएको छ ।

वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको १५ जनाको टोलीले यो वर्षको रामलीला मञ्चन गरेको सञ्चालक समितिका सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले जानकारी दिए ।

समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज धार्मिक सद्भावको शहर भएकाले यहाँ धार्मिक विशिष्टता रहेको बताए । “यहाँ विभिन्न धर्मका मानिस बस्छन्, सय बढी भाषाभाषी बोलिन्छन्”, मन्त्री राईले भने , “नेपालमा भौगोलिक रुपमा तराई, पहाड, हिमाल छन्, तर सबै मिलेर बसेका छन्”, मन्त्री राईले भन्नुभयो, “नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।” सो अवसरमा रामलीला सञ्चालक समितिले मन्त्री राईलाई सम्मान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्