Logo

गोकुल भण्डारी र अशोकराज सिग्देल उपरथीमा बढुवा



काठमाडौं, २३ असोज । सरकारले नेपाली सेनाका सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । २३ असोजमा सार्वजनिक गरिएको मन्त्रिपरिषद बैठकको निर्णयमा भण्डारी र सिग्देललाई दुई तारे जर्नेलमा बढुवा गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषदले पाँच जना महासेनानीहरुलाई सहायक रथीमा बढुवा गरेको छ । सेनामा बढुवा भएका जर्नेलहरु सेनाको उच्च तहसम्म पुग्ने सम्भावना बोकेकाहरु हुन् ।



प्रतिक्रिया दिनुहोस्