Logo

इन्डोनेशियाका रक्षामन्त्रीमाथि छुरा हमला



इन्डोनेशियाका रक्षामन्त्री विरान्तोमाथि छुरा हमला भएको छ । उनीमाथि बिहिबार छुरा हमला भएको हो ।

वान्टेन प्रान्तको पान्डेग्लाङको भ्रमणमा गएका उनीमाथि एक व्यक्तिले छुरा हमला गरेका हुन् । उनलाई गहिरो घाउ लागेको बताइएको छ । विरान्टो अस्पताल भर्ना गरिएका छन् र उनको अवस्था चिन्ताजनक रहेपनि होसमा छन् । घटनामा छुरा प्रहार गर्ने पुरुष र षड्यन्त्र गरेको आशंकामा महिला पक्राउ परेका छन् ।

घटनामा इस्लामिक आतंकवादी संगठन आइएसको संलग्नता रहेको आशंका गरिएको छ । ७२ वर्षीय जनरल विरान्तो पूर्व सैनिक  प्रमुख हुन् । उनीमाथि विगतमा सैनिक सेवामा हुँदा विद्रोही दबाएको आरोप लाग्दै आएको छ ।-एजेन्सी Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्