Logo

पाँच राष्ट्रबीचको टि–२० सिरिजमा नेपाल ओमानसँग पराजित



ओमान । पाँच देशीय टीट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।

अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पहिलो ओभरमै विकेट लिदै सन्दीप लामिछानेले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

उनले ओमानका ओपनर ओकीब इलियासलाई शुन्य रनमा पेविलियनको बाटो देखाएका थिए । तर, सुरज कुमारले अविजित ४२ रन बनाउँदै ओमानको जितको आधार तयार गरेका थिए । ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।

ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार विकेट गुमाएको थियो । ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेविलियन फर्किएका थिए । सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भए । ओमानका आमिर खालिमले सर्वा्धिक ५ विकेट लिएका थिए ।

पाँच देशीय टी–ट्वान्टी सिरिजमा ओमानले ४ खेलबाट ८ अंक जोड्दै सिरिज कब्जा गर्यो । आयरल्याण्ड ६ अंक सहित दोस्रो स्थानमा रह्यो । नेपाल समेत ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड २ अंक सहित चौथो र अंक विहिन हङकङ पुछारमा रह्यो ।



प्रतिक्रिया दिनुहोस्