Logo

महरामाथि अस्पताल शैयामै बयान लिइने



काठमाडौं, २३ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा आजबाट नर्भिक अस्पताल भर्ना भएकाछन् । रक्तचाप र स्वासप्रश्वासको समस्या भएको भनिएका उनी नर्भिकको सिंगल सिटको कोठामा छन् ।

महराको स्वास्थ्यजाँच भइसकेको छ । अब उनी लामो समय नर्भिकमै रहने बुझिएको छ । प्रहरीले १९ असोजमा नियन्त्रणमा लिएर हिरासतमा राखेपछि उनी चार दिन हिरासतको कोठामा बसे । पाचौं दिन अस्पताल पुगेका उनलाई कडा सुरक्षा दिइएको छ । प्रहरीको एक टोली अस्पतालको कोठाबाहिर खटाइएको छ ।

महरासँग प्रहरीले प्रारम्भिक बयान लिइसकेको छ । अब उनीसँगको बाँकी बयान अस्पतालमा लिइने बुझिएको छ । सरकारी वकिलले बयान लिएपछि उनीमाथिको मुद्या अगाडि बढ्नेछ । अदालती प्रक्रियाले महरालाई धरौटीमा रिहा गर्ने या पुर्पक्षका लागि थुनामा राख्ने टुंगो लाग्नेछ । महरालाई पुर्पक्षका लागि थुनामा राखिए उनी कारागार चलान हुनेछन् । File Photo



प्रतिक्रिया दिनुहोस्