Logo

विश्वकप छनोटमा जापान, कोरिया र उज्वेकस्तान विजयी



विश्वकप फुटबल छनोटको एशियाली छनोटमा बलिया टोलीले जीत हासिल गरेका छन् । जापानले मंगोलियामाथि ६-० को जीत निकालेको छ । समूह एफको बलियो टोली जापालने घरेलु मैदानमा मंगोलियालाई पराजित गरेको हो । जापानले पहिलो हाफमा चार गोल गरेपनि दोस्रो हाफमा दुई गोल मात्र गर्न सक्यो ।

दक्षिण कोरियाले श्रीलंकामाथि ४-० को जीत निकालेको छ । कोरियाका लागि किम सिनवुक एक्लैले चार गोल गरे ।

चीनले गुआमलाई ७-० ले पराजित गरेको छ । चीनको जीतमा याङ एक्लैले चार गोल गरे । उज्वेकस्तानले यमनमाथि ५-० को जीत निकालेको छ । कतारले बँगालादेशमाथि पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । भियतनामले मलेशियामाथि १-० को अग्रता हासिल गरेको छ । इरानले कम्बोडियामाथि पहिलो हाफमै चार गोल गरिसकेको छ ।-एजेन्सी  Photo Credit: FIFA



प्रतिक्रिया दिनुहोस्