Logo

दशैं विदा सकियो, सिंहदरबार अझैपनि सुनसान



काठमाडौं, २३ असोज । सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबार भने सुनसान देखिएको छ । सिंहदरबारमा प्रायः सबै मन्त्रालयमा चहलपहल देखिएको छैन् । मन्त्रालयमा कर्मचारी नहुँदा सुनसान देखिएका थिए ।

दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले देशैभरिका कार्यालयहरुमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन् । बरु, चिनियाँ राष्टपति सीको भ्रमणबारे काठमाडौंका सडक, पार्क र विमानस्थलमा रंगरोदन, पोष्टर टाँस्ने र कृत्रिम बगैंचा बनाउनेको ठूलो भीड लागेको देखिन्छ । तर, सिंहदरबारभित्र भने चहलपहल न्यून छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्