Logo

उपेन्द्र यादव एकाएक कस्सिए, राजपासँग एकता गर्नुको विकल्प छैन्



काठमाडौं, २३ असोज । सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् । सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको जिकिर गरे ।

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पु¥याउन राजपालाई आह्वान गरे । संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्