Logo

‘महिलाका मामला’ मा कमजोर महरा



काठमाडौं, २३ असार । निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलाको मामलामा कमजोर भएको खुलेको छ । उनका बारेमा विगतमा पनि केही मौखिक उजूरी परेपनि तत्कालिन नेकपा माओवादीले भित्र भित्र मिलाएको थियो । माओवादी जनयुद्धकालमा धेरै नेताहरु महिलाप्रति नकारात्मक व्यवहारका कारण कारबाहीमा परे । कतिपयमाथि काण्ड लाग्यो । तर, महरा कहिले कारबाहीमा परेनन् जोगिइरहे ।

महरा नैतिक पाटोमा र महिलाको विषयमा कमजोरी भएको बताउँछन् पूर्व माओवादी नेता तथा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङ । ऋषि धमलासँग नेपाली बहसमा उनी भन्छन्, ‘उहाँले केही गल्तीहरु गर्नुभएको छ ।’ ती गल्ती महिलाको मामलामा हुन् भन्ने गुरुङको संकेत छ ।

महरा महिलाका मामलामा निकै कमजोर रहेको सूचना नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड जानकार थिए । उनले सचेत पनि गराएका थिए । प्रचण्डपत्नी सीताले महरालाई पटक पटक सम्झाएकी थिइन् । तर, महराले यस विषयलाई हल्का ढंगले लिए । जसका कारण उनी रोशनी शाहीबाट जर्बजस्तीको आरोपले सभामुख पद गुमाउन पुगे । उनी सांसद पदबाट निलम्बित भएका छन् । यो घटनाले महराको राजनीतिक जीवनमा झड्का परेको छ ।

जर्बजस्ती प्रयासको अभियोग लागेका महराले सफाई पाएपनि उनीमाथि नैतिक प्रश्न उठेको छ । यसले उनको राजनीतिमा दुरगामी नकारात्मक असर परिसकेको छ । सभामुख भइसकेका उनी भावी प्रधानमन्त्रीका दाबेदार समेत थिए । अब उनले राजनीतिमा उचाई लिने सम्भावनामा पूर्णविराम लागिसकेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्