Logo

चिनियाँ राष्ट्रपतिले एक रात नेपाल बसाईंमा के के गर्नेछन् (कार्यतालिकासहित)



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि आउने निश्चित भइसकेको छ । उनी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको अपरान्ह काठमाडौं आएर भेटघाटहरुमा व्यस्त हुनेछन् ।

एक रात नेपालमा रहने सी २६ असोजको विहान बेइजिङ प्रस्थान गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्धिपक्षीय हितमा कुराकानी गर्नेछन् । भ्रमणका क्रममा विशेष सहमतिमा हस्ताक्षर कार्यक्रम तय भएको छ ।

कार्यतालिका

  1. २५ असोजको अपरान्ह तीन बजे त्रिभुवन विमानस्थलमा अवतरण
  2. सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विमानस्थमा पुगेर स्वागत
  3. सोल्टी होटलमा प्रस्थान
  4. साँढ साढे चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
  5. भेटपछि संयुक्त मन्तव्य
  6. सोल्टी होटल प्रस्थान
  7. २६ असोजको विहान साढे सात बजे चयन गरिएका नेताहरुसँग विभिन्न चरणमा भेट
  8. सोही दिन विहान साढे आठ बजे प्रधानमन्त्री केपी शर्मा ओली र सीबीच द्धिपक्षीय छलफल
  9. छलफलपछि सहमतिमा हस्ताक्षर
  10. साढे दशबजे बेइजिङका लागि प्रस्थान

File Photo



प्रतिक्रिया दिनुहोस्