Logo

विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रमा सिंगापुरले अमेरिकालाई उछिन्यो (को कुन स्थानमा सूचीसहित)



रिपोर्टर्स नेपाल, २३ असोज । अमेरिका विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचीमा लामो समययता अग्रस्थानमा थियो । तर, अब स्थिति परिवर्तन भएको छ । अमेरिकालाई पछाडि धकेल्दै सिंगापुर विश्वकै प्रतिष्पर्धी अर्थतन्त्र भएको मुलुक बनेको छ ।

सानो देश सिंगापुरले अमेरिकालाई पछि पारेको सूचांक बुधबाट वल्र्ड इकोनोमी फोरमले विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचांक २०१९ बुधबार सार्वजनिक गरेको हो । वार्षिक प्रतिष्पर्धी रिपोर्टमा आर्थिक स्थायित्व, पूर्वाधार, श्रम बजार, स्वास्थ्य, उत्पादन बजार, बजारको आकार अन्वेषणात्मक क्षमता लगायतलाई सूचांक मानिएको छ । जम्मा एक सय तीन सूचक बनाएर वरियता तय गरिएको हो । सिंगापुरको पूर्वाधार, स्वास्थ्य, श्रम बजार र वित्तीय प्रणाली उत्कृष्ट रहेको छ ।

अमेरिका अझै अन्वेषणको क्षेत्रमा पावर हाउस रहेको छ । उसले दोस्रो स्थान हासिल गरेको छ ।

भियतनाम पनि विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रमा उत्कृष्ट मध्यमा परेको छ । उसले दश स्थान फड्को मार्दै ६७ औं स्थान बनाएको छ । सिंगापुर र भियतनामले अमेरिका र चीनबीचको व्यापार युद्धको लाभ निकालेका छन् ।

तेस्रो स्थानमा हङकङ, चौंथोमा नेदरल्यान्ड र पाँचौंमा स्वीटजरल्यान्ड छन् । जापान छैठौं, जर्मनी सातौं, स्वीडेन आठौं, संयुक्त अधिराज्य नवौं र डेनमार्क दशौं स्थानमा परेका छन् । अमेरिकी महादेशबाट उत्कृष्ट दशमा अमेरिका एक्लो देश मात्र छ । एशियाबाट तीनवटा देश परेका छन् । छ वटा देश यूरोपका छन् ।

स्थान अनुसारको सूची

१. सिंगापुर
२. अमेरिका
३. हङकङ
४. नेदरल्यान्ड
५. स्वीटजरल्यान्ड
६. जापान
७. जर्मनी
८. स्वीडेन
९. बेलायत
१०. डेनमार्क

Photo Source: Qantas



प्रतिक्रिया दिनुहोस्