Logo

विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रमा नेपाल १०८ औं स्थानमा



विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचीमा नेपाल १०८ औं स्थानमा परेको छ । नेपालले कुल ५१.६ अंक प्राप्त गरी उक्त स्थान बनाएको हो ।

वल्र्ड इकोनोमी फोरमले विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचांक २०१९ बुधबार सार्वजनिक गरेको हो । जसमा नेपाल दक्षिण एशियाली देशमध्ये पाकिस्तानभन्दा मात्र माथि छ । दक्षिण एशियाली देशहरुमध्ये पुछारमा रहेको पाकिस्तान ११० औं स्थानमा छ ।

बँगलादेश १०५ औं, श्रीलंका ८५ औं र भारत ६८ औं रहेका छन् । चीन २८ औं स्थानमा छ । चीनभन्दा मलेशिया एक स्थानले माथि छ ।

वार्षिक प्रतिष्पर्धी रिपोर्टमा आर्थिक स्थायित्व, पूर्वाधार, श्रम बजार, स्वास्थ्य, उत्पादन बजार, बजारको आकार अन्वेषणात्मक क्षमता लगायतलाई सूचांक मानिएको छ । जम्मा एक सय तीन सूचक बनाएर वरियता तय गरिएको हो । सबैभन्दा पुछारमा अफ्रिकी देश चाड रहेको छ । कुल १४१ देशहरुको सूचांक र तथ्यांक संकलन गरिएको हो।



प्रतिक्रिया दिनुहोस्