Logo

यी किशोरी हुन् नोबल शान्ति पुरस्कारकी मुख्य दाबेदार



यस वर्षको नोबल शान्ति पुरस्कारको दाबेदारमा स्वीडेनकी १६ वर्षीया ग्रेटा थनवर्ग पनि छिन् । ग्रेटा मौसम अभियन्ता हुन् ।

उनले नोबल शान्ति पुरस्कार पाइन् भने नोबल शान्ति पुरस्कार कम उमेरमा पाउनेमा पर्नेछिन् । सन् २०१४ मा नोबल शान्ति पुरस्कार पाएकी पाकिस्तानी मलाला युसाफजाईको नाम कम उमेरमा पुरस्कार पाउनेमा छ ।

ग्रटाले विद्यालय छाडेर मौसम परिवर्तनमा ध्यानाकर्षण गराउन सन् २०१८ देखि विद्यालय छाडेर स्वीडेनको संसदबाहिर बस्दै आएकी छिन् । उनको यो भूमिकाप्रति संसारकै ध्यानाकर्षण भयो ।

यस वर्ष ३०१ जना नोबेल शान्ति पुरस्कारका दाबेदार छन् । जसमध्ये ग्रेटाको नाम पनि छ । नोबल शान्ति पुरस्कारको वेवसाइटले २२३ व्यक्ति र ७८ संस्था पुरस्कारको दौडमा रहेको उल्लेख गरेको छ ।-एजेन्सी Photo Source: vox



प्रतिक्रिया दिनुहोस्