Logo

महरामाथि पश्चिमाहरुबाट षड्यन्त्र देखे पूर्व माओवादीले



काठमाडौं, २४ असोज । महिलामाथि जर्बजस्तीको अभियोग लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति नेपाल कम्युनिष्ट पार्टीका पूर्व माओवादी नेताहरुले सहानुभूती देखाइरहेका छन् । उनीहरुले सार्वजनिक रुपमा महराको बचाऊमा बोल्न समेत थालेका छन् ।
महरा प्रकरणलगत्तै केही नेताहरुले प्रचण्डलाई भेटेर यसमा कमजोरी भएपनि घटनालाई लिएर देशभित्र र बाहिरबाट पूर्व माओवादीमाथि आक्रमण गर्न थालिएकोमा गम्भीर हुन भने । पूर्व माओवादीलाई कमजोर पार्ने अस्त्रका रुपमा महरा प्रकरणलाई प्रयोग गर्न खोजिएकोतर्फ सचेत समेत गराए ।

विश्वस्त स्रोतका अनुसार पश्चिमाहरु पूर्व माओवादीविरुद्ध लागिरहेकोबारे छलफल समेत भएको छ । शान्ति प्रक्रिया देखि पछिल्लो घटनाक्रमलाई केलाउँदै पूर्व माओवादीविरुद्ध पश्चिमा लागेको उनीहरुको निष्कर्ष छ ।

महरा प्रकरणमा संयुक्त राष्ट्रसंघलगायत छवटा पश्चिमा कुटनीतिक नियोगले महिला हिंसाको विषय उठाउँदै महराप्रति लक्षित गरी विज्ञप्ति निकालेका थिए । यसप्रति पूर्व माओवादी पक्ष गम्भीर भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘एउटा निजी मामलासँग जोडिएको सांस्कृतिक कमजोरीको बारेमा जसरी वक्तव्यबाजी भएको छ त्यसको पछाडि आशंका छ ।’ राष्ट्रिय मानवअधिकार आयोगले क्षेत्राधिकार बाहिर गएर वक्तव्य निकालेको गुरुङको तर्क छ ।

‘पश्चिमाहरुले नेपाललाई युद्धभूमि बनाउन खोजिरहेका छन्,’ गुरुङले एनआरएन रेडियोको नेपाली बहसमा भने, ‘यो परिघटना घटिसकेपछि अनायसमा संयुक्त राष्ट्रसंघ र पश्चिमा केही मुलुकहरुका कुटनीति निकायले जुन टाइपको वक्तव्य निकाले एउटा निजी मामलासँग जोडिएको सास्कृति कमजोरीको बारेमा जसरी व्यक्तबाजी भएको त्यसको पछाडि आशंका छ ।’

रिपोर्टर्स नेपालसँग कुरा गर्दै एक माओवादी नेताले महरा प्रकरणलाई माध्यम बनाएर पूर्व माओवादीमाथि प्रहार हुनथालेको बताए । यसमा देशभित्रबाट मात्र नभई बाहिरबाट समेत षड्यन्त्र देखिएको उनको भनाई छ । File Photo



प्रतिक्रिया दिनुहोस्