Logo

प्रधानमन्त्री ओलीले सांस्कृतिक अधपतनको खतरा औल्याए



काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सांस्कृतिक अधपतनको खतरा बढेको बताएका छन् । ६४ औं प्रहरी दिवसमा नेपाल प्रहरी मुख्यालय नक्शालमा प्रमुख अतिथिका रुपमा बोल्दै देशमा अभ्यता बढ्नु सबैभन्दा ठूलो खतरा भएको बताए ।

प्रधानमन्त्री ओलीले भने,  ‘असभ्य भाषा नबोलेसम्म बोलेको धीत नमर्ने बोलेजस्तो नलाग्ने मनोवृत्ति भएछ ।’ सांस्कृतिक अधपतनका कारण समाजलाई सच्याउन कठिन भएको बताए । सामाजिक सञ्जालमा असभ्य भाषा प्रयोग गर्ने देखि बालबालिका र युवालाई असभ्य भाषा प्रयोग गर्न लगाउनेहरुका कारण शान्ति सुरक्षा खलबलिने खतरा बढेको बताए । उनले प्रहरीका लागि चुनौतीपूर्ण समय रहेको समेत बताए । हाम्रो संस्कृति सभ्य र गौरवपूर्ण भएको भन्दै सांस्कृतिक अधपतन रोक्नुपर्ने बताए । File Photo



प्रतिक्रिया दिनुहोस्