Logo

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै बढ्न सक्ने



काठमाण्डौ । सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएको हो भने बाँकीको पछि उद्धारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँ आउने क्रममा भोटसिपा नजिकै हेलम्बु यातायातको बस दुर्घटना हुँदा ४० भन्दा बढि घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर उपचार गरिँदैछ ।

घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर उपचार गरिँदैछ । बा २ ख १७२५ नम्बरको बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए । इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो ।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो । प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो ।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ । कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्