Logo

सिन्धुपाल्चोकमा बस दुर्घट्ना, मृत्यु हुनेको संख्या ११ पुग्यो



सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

दुर्घट्नामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्