Logo

यो अँगालोले दिलायो इथियोपियाका प्रधानमन्त्री अब्ली अहमदलाई नोबल शान्ति पुरस्कार



यस वर्षको नोबल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अब्बी अहमदले जितेका छन् । इथियोपिया र इरिट्रियाबीचको द्धन्द्ध अन्त गरी ऐतिहासिक शान्ति सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका उनले दुई देशबीच शान्ति स्थापनामा विशेष भूमिका खेलेका थिए ।

सयौं दाबेदारका बीचमा ४२ वर्षीय अबी अहमदलाई शान्ति पुरस्कार दिने घोषणा भएको नोबल शान्ति पुरस्कारको वेवसाइटमा उल्लेख छ । पुरस्कारको घोषणा गर्नु अघि नोबल कमिटिले उनीसँग सम्पर्क समेत गर्न नपाएको बताइएको छ ।

नोबल कमिटिले औपचारिक विज्ञप्ति जारी गर्दै अहमदलाई शान्ति र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिका लागि पुरस्कार दिइएको उल्लेखगरेको छ । इरिट्रियासँगको सीमामा रहेको द्धन्द्ध अन्तमा उनले विशेष योगदान गरेका थिए ।

इथियोपियाभित्रको विरोधका बाबजुद अहमद इरिट्रियाको ऐतिहासिक भ्रमण गर्न पुगे । उनी दुई देशबीच युद्धपछि इरिट्रिया पुग्ने पहिलो इथियोपियाले प्रधानमन्त्री बने । इरिट्रियासँग महत्वपूर्ण शान्ति सम्झौता गरे । दशकौं लामो द्धन्द्ध अन्त गर्न उनले इरिट्रियाका राष्ट्रपति इसाइस अफबेरकीसँग हातेमालो मारे । इरिट्रिया पुगेर अँगालो मारे । Photo Source: The Economist



प्रतिक्रिया दिनुहोस्