Logo

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत पुगे, काश्मिर मामलामा छलफल हुनसक्ने



चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत भ्रमणका लागि तालिम नाडुको चेन्नई पुगेका छन् । दुई दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो चेन्नई पुगेका उनलाई तालिम नाडुका गभर्नर वनवारीलाल पुरोहितले चेन्नई एयरपोर्टमा स्वागत गरेका छन् ।

विगतमा भारत भ्रमणका क्रममा गुजरात पुग्दा सीलाई मोदी स्वयंले विमानस्थलमा स्वागत गरेका थिए । यसपटक तामिल नाडुमा त्यहाँका गर्भनर स्वागतका लागि पुगे । मोदीले सीलाई ट्वीटमार्फत् स्वागत गरिसकेका छन् ।

सी र मोदीबीच चेन्नईबाट ५० किलोमिटर दुरीको महावलीपुरममा भारत चीन दोस्रो अनौपचारिक समिट हुनेछ । समिटका लागि मोदी तालिम नाडु पुगिसकेका छन् ।

भारतीय सञ्चारमाध्यमले दुई नेताबीच काश्मिर मामलामा पनि छलफल हुनसक्ने उल्लेख गरेका छन् । तर, सीले यस विषय उठाएमात्र कुरा हुने बताइएको छ ।

भारत र चीनका नेताहरुबीच हुने समिटलाई विश्वभर चासोका साथ हेरिएको छ । विश्वका उदीयमान दुई शक्तिका नेताहरुले गर्ने सहमति र निर्णयले विश्व राजनीतिमा समेत असर पार्न सक्छ ।-एजेन्सी Photo Source: Twitter Page of Modi



प्रतिक्रिया दिनुहोस्