Logo

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी तैनाथ



काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी खटाइएका छन् । २५ र २६ असोजसम्म नेपाल भ्रमणमा रहने उनको सुरक्षाका लागि केही दिनयता यो संख्याको सुरक्षाकर्मी खटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पोशाक र सादा पोशाकसहितको सुरक्षाकर्मी काठमाडौंभित्र खटिएका छन् । दिनरात नभनी खटिएका सुरक्षाकर्मी सडक र आसपास खटाइएका छन् । सी पुग्ने स्थानहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

नेपाली सेनाबाट २८९७, नेपाल प्रहरीबाट ८४६३, सशस्त्र प्रहरीबाट ३५७० र राष्ट्रिय अनुसन्धानबाट ४०८ जना सुरक्षाकर्मी खटिएका छन् । सुरक्षाकर्मीबीच समन्वय गरी सुरक्षा कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्