Logo

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने आशा–ट्रम्प



२४ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताएका छन् ।
टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिनु भएको छ । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।

उत्तरी सिरियामा जारी यस युद्धका कारण ६० हजारभन्दा बढी व्यक्ति त्यहाँबाट भागेका छन् । सहायता संस्थाहरुका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार व्यक्तिले आफ्नो घर छाडेर भागिसकेका बेलायतसँगआवद्ध मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

ट्रम्पले बिहीबार ट्वीटमार्फत संयुक्त राज्य अमेरिकाले सिरियाको अवस्थाको बारेमा तीन विकल्पहरू रहेका बताउनु भएको छ । हजारौं सेना पठाउने र सैनिकको रुपमा जिताउने, टर्कीलाई कडा आर्थिक प्रतिबन्ध लगाएर टर्की र कुर्दहरूको बिच सम्झौता गराउने बताए ।

ट्रम्पले पछि प्रेसले साधेको प्रश्नको जवाफमा तीन विकल्पहरूमा तेस्रो आफूलाई ठिक लागेको बताउनु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्