Logo

हङकङमा सुनको मूल्यमा सामान्य गिरावट



हङकङ, २४ असोज – हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ ।

चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ । यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर न्यून हो ।

हङकङमा शुक्रबार १ अमेरिकी डलर बराबर ७.८४ हङकङ डलरमा किनबेच भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्