Logo

उच्च ओहदाको व्यक्ति पक्राउले नेपालमा ‘रुल अफ ल बलियो’ रहेको प्रमाणित- प्रहरी प्रवक्ता पोखरेल



काठमाडौं, २४ असोज । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलसँग प्रहरी सेवामा साँढे दुई दशक लामो अनुभव छ । प्रहरी सेवामा रही अपराध अनुसन्धानमा विशेष दख्खल राखेका उनीसँग प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलाले गरेको विशेष कुराकानीः

नेपाल प्रहरीले आफ्नो दिवस मनाइरहँदा यसका चुनौतीहरु के के छन् ?
नेपाल प्रहरी आफ्नो ६४ औं दिवस दिन मनाउँदैछ । यसलाई हेर्दा विगतदेखि आजसम्म समयको प्रवाहसँगै जसरी विकास गर्नुपर्ने थियो । उपलब्ध सानस्रोत र मुलुकको अवस्थालाई हेरेर त्यो गर्न सकिएको अवस्था हो । यतिहुँदाहुँदै पनि धेरै चुनौती र समस्याहरु हामी सामु छन् । जस्तो सामाजिक सञ्चालबाट हुने विद्युतीय क्राइमहरु जसरी बढिरहेको छ, त्यो ठूलो नुनौतीको विषय हो । त्यसैगरी जनताको आकांक्षा पनि ह्वात्तै बढेको छ । अन्य मुलुकहरुमा जुन खालको सुरक्षा व्यवस्था छ, हाम्रो मुलुकमा त्यस्तै त्यही अनुरुपको सुरक्षा व्यवस्थाको जनताले अपेक्षा राखेका छन् । हाम्रा देशका ५० लाख युवा पीडिहरु बाहिर छन् । त्यसले उहींको अपक्षा नेपालमा पनि गरिरहेको छ । त्यसलाई मिट गर्नको लागि नेपाल प्रहरीले आफ्नो साधनस्रोत र व्यवसायिकतालाई अझ बढी विकास गर्नु आजको आवश्यकता हो ।
स्थापनाको ६४ औं वर्षको इतिहासलाई नियालिइरहँदा तपाईंहरु देशको शान्तिसुरक्षामा सफल हुनुभयो कि असफल ?
विगतदेखि आजसम्मलाई नियाल्दा नेपालमा विभिन्न किसिमका कालखण्डहरु बिते । यसबीचमा ठूला–ठूला घटनाहरु भए, अप्ठ्याराहरु पनि आइलागे । ती सबै अप्ठ्याराहरुको उत्कृष्ट व्यवस्थापन नेपाल प्रहरीले गरेको छ । सुरक्षाको दृष्टिकोणले नेपाल प्रहरी जनताको प्रत्येक घटनामा क्षमताको हिसाबले उत्कृष्ट सावित भएको छ ।
६४ वर्षको इतिहासमा तपार्इंंहरु कहाँनेर चुक्नुभयो ?
नेपाल प्रहरी कार्यकौशलमा कहीं पनि चुकेको छैन । यहाँनेर चुकेको छ, भन्ने एउटा उदाहरण दिने ठाउँ छैन । मैले भन्ने गरेको छ, कुनै पनि घटनाको सम्वेदनशीलता र जटिलतालाई हेरेर त्यसले केही समय लिन्छ । त्यसलाई समाधान गर्नका लागि हामीले साधनस्रोतहरु खर्चिनुपर्छ, व्यवसायिकतालाई चुस्त दुरुस्त बनाउनुपर्छ । तर, हरेक घटनालाई हामीले सम्बोधन गरेका छौं । हरेक घटनामा नागरिकहरुलाई न्याय प्रदान गर्न सफल भएका छौं ।
भ्रष्टाचारीहरुलाई कारबाही गर्न जति प्रभावकारी ढंगले लाग्नुपर्ने हो, त्यसमा त तपाईंहरु चुक्नुभएको छ नि ?
जहाँसम्म तपाईंले भ्रष्टाचारको कुरा गर्नुभएको छ । हामीलाई अन्य क्षेत्रमा हुने भ्रष्टाचारीलाई अधिकार हुँदैन । हामीले आफ्नै संगठनभित्र हुने भ्रष्टाचारको कुरा हो, त्यहाँ एउटा भ्रष्टाचार भएको उदाहरण देखाउन सक्नुहुन्छ ? अहिले कति परिवर्तन भइसक्यो कि, तपाईले हिजो प्रहरीको जुन गति थियो एकदशक यता आएर हेर्नुभयो भने कति सुरधार भएको देख्नुहुन्छ । नयाँ पीढीमा कति इमानदारीता, जोश, जाँगरहरु छन् । नेपाल प्रहरी यहाँनेर चाहीं गर्न सकेन भनेर इस्यूवाइज भन्न सक्ने अवस्था छैन ।
सुन तस्करी गर्नेलाई कारबाही गर्न सक्नुभएको छैन नि ?
गृहमन्त्रीज्यूको नेतृत्वमा त्यति धेरै सुन तस्करहरुलाई हामीले समात्यौं । उनीहरु अहिले कारबाही भोगिरहेका छन् । कसैमा मुद्दा चलिरहेको छ । तस्करी गर्ने जुन गिरोह थियो, त्यो नै समाप्त भएको छ ।
तस्करीको सञ्जाललाई अन्त्य गर्नुपर्दैन ?
दशवर्ष अगाडि जसरी तस्करीको सञ्चाल थियो, त्यसलाई हामीले छियाछिया पारिसकेका छौं । अहिले एउटा त्यस्तो गिरोह छ, भनेर एउटा पनि उदाहरण दिन सक्नुहुन्छ ?
कतिपय गिरोहहरु नेपाल प्रहरीलाई पनि आक्रमण गर्छ नि ?
अब त्यो अवस्था समाप्त भइसकेको छ । त्यो नेपाल प्रहरीको प्रायसले मात्रै समाप्त भएको होइन । वर्तमान सरकारले जसरी कानुन कार्यान्वयन गर्न प्रतिवद्धता जाहेर गरेको छ । त्यसको शक्तिले हामीलाई ऊर्जा दिएको छ । त्यो ऊर्जा त्यस्ता गिरोहरुलाई समाप्त पाछौं र सफल भइराखेको पनि छ ।
तपाईंले यसो भनिरहँदा निर्मला पन्तको बलात्कारपछि हत्याको हत्यारालाई अहिलेसम्म कारबाही गर्न सक्नुभयो ?
पटक–पटक आउनेमध्ये यो पनि एउटा प्रश्न हो । हामीले गरेका धेरै राम्रा कामलाई पनि यसले छायाँमा पार्न खोजिन्छ । त्यसलाई छायाँमा पार्नु उपयुक्त हुँदैन त्यसले नेपाल प्रहरीको पसिनामाथि अन्याय हुन्छ । यो घटनामा केही समय लागेको छ । यसको अपराधी पहिचान भएर पक्राउ गर्न नसकेको होइन, अपराधी पहिचान गर्ने क्रममा छौं । हाम्रो तथ्य, प्रमाण अपराधी यहीं हो, भन्ने भएपछि त्यो जोसुकै होस् । त्यसलाई कारबाहीको दायरामा ल्याउछौं ।
जतिसुकै राजनीतिक दबाब भए पनि अपराधीलाई अपराधीलाई पक्रन पछिहट्नुहुन्न हो ?
नेपालमा राजनीतिक दबाब छैन भन्ने ज्वलन्त उदाहरण देखिरहनुभएको छ । अहिले सबै चीजले उचाइ लिइरहेको छ । कानुन कार्यान्वयन गर्ने, कानुनी शासन स्थापित गर्ने र मानिसले आफ्नो प्रतिष्ठामा ठेस पुग्ने कुरमा पनि सबैतिरबाट उच्चतम कार्य भइरहेको देखिन्छ ।
त्यसो भए नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप छैन ?
कुन क्षेत्रमा हस्तक्षेप भएको छ ? पटक्कै छैन । राजनीतिक हस्तक्षेप छ, भनेर कुनै ठाउँमा भनियो भने त्यो आफ्नो कमजोरी लुकाउनको लागि भन्ने बुझिन्छ । त्यो जनतासामु भ्रम पैmलाउनका लागि भनिएको हुने छ । नत्र अहिले राजनीतिक हस्तक्षेप कसले गर्ने ? सत्तामा बसेको पार्टी राम्रा काम गर्न सफल हुने हो । सत्तामा बसेको पार्टी जहिले पनि राज्यको संयन्त्रलाई बलियो बनाउने, रुल अफ ललाई राम्रो बनाउने, सुशासन कायम गर्ने, मुलुकमा समृद्धि ल्याउने कुरामा जहिले पनि चिन्तित हुन्छ । त्यो अहिलेको सरकारमा सबैभन्दा बढी देखिएको छ ।
त्यसो भए नेपाल प्रहरीले मानव अधिकार उल्लंघन गरेको छैन ?
यदि कसैले मानव अधिकारको सम्मान गर्छ भने, त्यो नेपाल प्रहरीले गरेको छ । किन भने हामीले सबैभन्दा ढबी प्राथमिकता मानिसको हक अधिकारलाई दिएका छौं । नागरिकलाई आफ्नो अधिकारको प्रयोग गर्ने वातावरण सिर्जना गर्ने काम नेपाल प्रहरीले गरेको छ ।
शान्ति सुरक्षा चुस्त हुन सकेन भन्ने जनगुनासो छ नि ?
कुनै घटनालाई देखेको नदेखे जस्तो ग¥यो, घटनाको छानविन निश्पिक्ष गरेन, शान्ति सुरक्षामा दत्तचित्त भएर लागेन भने त्यसलाई हामी तुरुन्त कारबाहीको दायरामा ल्याउछौं । यदि त्यस्तो गरेको पाइएको छ भने त्यस्तो प्रहरीलाई कुनै पनि हालतमा माफी दिनुहुँदैन । राज्यभन्दा ठूलो राज्यसंयन्त्र हुनसक्दैन । राज्यसंयन्त्रभन्दा ठूलो त्यसका कर्मचारीहरु हुनसक्दैनन् ।
सीमाक्षेत्रमा चोरी, डकैतीहरु भइरहेका छन् नि ?
भएका छन् होला । भएको थाहा पाएपछि त कानुनको दायरामा ल्यायो कि ल्याएन, त्यो ठूलो कुरा हो । हुनैदिएको छैन, ठ्याक्कै रोकिएको छ, भन्नेमा एउटा विषय हुन सक्छ । भइसकेको पत्तालागेपछि त्यसलाई कानुनी दायरामा ल्याउन कति सफल भयौं, भन्ने कुरा अर्को विषय हुनसक्छ । देशमा भइराखेका घटनामा दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन कति सफल भएका छौं, कतिपय अनुन्धानको दारायमा ल्याउन सफल भएका छौं । त्यसैको आधारमा देशमा शान्ति सुरक्षा मजबुत भइरहेको छ भन्नेमा नेपाल प्रहरी ढुक्क छ । अहिले आमनागरिकले कुनै पनि ठाउँमा शान्तिसुरक्षाको बारेमा प्रश्न उठाएका छैनन् ।
त्यसोभए देशमा शान्तिसुरक्षा मजबुद छ ?
अहिले नेपालमा शान्तिसुरक्षाको अवस्था बिलकुलै मजबुद छ ।
शान्तिसुरक्षामा थ्रेट छैन ?
अन्तर्राष्ट्रिय हिसाबले पनि मजबुद अवस्थामा भएको डाटाले देखाउँछ । यहाँ कुनै चुनौती छैन, नेपाल प्रहरी शान्तिसुरक्षा कायम गर्न सबल र सफल छ ।
अहिलेका आइजीपी सफल हुनुहुन्छ ?
उहाँको नेतृत्वमा आज नेपाल शान्तिसुरक्षा कायम भइराखेको अनि को सफल हुन्छ त  ।
भव्यरुपमा दिवस मनाइरहनुभएको अहिलेको नेतृत्व सफल कि असफल ?
जसको नेतृत्वमा देशमा शान्तिसुरक्षा सबल सुदृढ भएको त्यसलाई सफल मान्नुहुन्न र ? त्यसलाई सफल मान्छुपर्छ । त्यो सबैले देखिरहनुभएको कुरा हो । अहिले कुनै भयावह, त्रास, आपूmले आफ्नो अधिकारको प्रयोग गर्न नपाउने अवस्था काहीं छ ?
निर्मला पन्तको हत्यारा पत्तालगाउन सक्नुहुन्छ ?
त्यो त मैले अघिनै भनिसकेको छु । त्यस्तै रानीबारीको घटना, बडीखेलको घटना जुन एकदमै गम्भीर प्रकृतिको थियो । त्यसलाई पत्ता लगाउन १२, १५ वर्ष लाग्यो । हामी यो घट्नालाई त्यति समय लगाउँदैनौं । यसका अपराधीलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउँछौं ।
राजनीति संरक्षण भएपनि यसका अपराधीलाई पक्रनुहुन्छ ?
राजनीतिक संरक्षण हिजोको कुरा भयो, अब त्यो अवस्था छैन ।
प्रहरीमा तपाईंहरु राजनीतिक दबाबमा परेर अपराधी छोड्न त हुन्न ?
मैंले प्रहरीका हिसावले अपराधीलाई कारबाही गरेरै छाड्छु । कुनैपनि राजनीतिक दबाबमा छाड्दिनँ । मैले एसएसपी हुँदा पनि धेरै काम गरेँ । मोरङ, झापामा घटना हुँदा पनि काम गरेको हुँ । यी दुवै जिल्लाहरु राजनीति दबाब हुने ठाउँ हुन् । तर, कहिल्यै पनि त्यस्तो दबाब फेस गर्नुपरेन । कतिपय राजनीनिक आग्रहहरु आए भने पनि त्यसलाई त्यसै गरी डिल गर्नुपर्छ । नहुने कुरालाई हुँदैन भन्न सक्नुपर्छ । नभए यो बर्दी किन लगाउने ? नहुने कुरालाई पनि दबाबमा हुन्छ, भन्ने हो भने युनिफर्म नलगाउने । काँधमा फुली नहाल्ने । त्यसकारण हामीले हुने, नहुनेलाई हुँदैन भन्न सक्नुपर्छ । हामीले पहिला सरकारको आदेश मान्ने अनि राज्यको स्वार्थ हेर्ने हो ।
सरकारको आदेश र राज्यको स्वार्थ बोक्ने मान्छेले अन्यथा स्वकार गर्नैहुँदैन । हामीलाई बाटोमा हिँडाउने कानुन हो । कानुन कायम गर्ने कुरामा हामीले प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ । त्यसमा कुनै पनि चलखेल हुने अवसर दिनुहुँदैन । त्यसो हुँदा कतैबाट हस्तक्षेप हुँदैन । जसले धेरै कमीकमजोरी बोकेको छ, त्यस्ता व्यक्तिलाई हस्तक्षेप गर्दछन् । जो भ्रष्टाचारी, दुराचारी र व्यविचारी छ भने सामान्य कार्यकर्ताले फोन गर्दा पनि डराउँछ । किन भने उसले गल्ती गरेको रेकर्ड रहेछ भनेर डराएको हो । त्यस अवस्थामा उसको काम गर्नुपर्दा कहिलेकाहीं आफ्नो जिम्मेवारीबाट चुक्नुपर्ने अवस्था आउँछ । त्यसलाई बाहिरबाट हस्तक्षेप भनेर बुझिन्छ । त्यस्तो यदाकदा देखिनसक्छ । अब नेपाल प्रहरीका सदस्यहरुले कमीकमजोरी त्यागिसकेका छन् ।
नेपाल प्रहरीका अधिकृतहरुले व्यक्तिगत स्वार्थ त्यागिसके ?
नेतृत्वमा बस्नेले त्याग्नुपर्छ, त्यागेका पनि छन् । जसले त्याग्दैन, त्यसलाई सरकारले स्याक गर्नुपर्छ ।
कृष्णबहादुर महरा जो देशको हाइप्रोफाइका व्यक्ति, उनलाई किन पक्रनुभयो ?
उहाँलाई जसरी आरोप लाग्यो । त्यसमा उहाँले नै सामना गर्नुपर्छ । ‘म निर्दोष छु’ भन्ने उहाँको आफ्नो दाबी छ । उच्च ओहदाको व्यक्ति समेत पक्राउ परेको घटनाले नेपालको रुल अफ ल बलियो छ भन्ने देखाउँछ । यहाँ कानुनी शासन पनि बलियो भइसकेको रहेछ भन्ने देखाउँछ । साथै नैतिकताको लेबल पनि माथि उठेको देखिन्छ । उहाँले त म सामना गर्छु भनेर आउनुभयो नि । भोलिका दिनलाई यो एउटा नजिर पनि हो । यति ठूलो हाइप्रोफाइलको मान्छेले आपूmलाई आरोप लागिसकेपछि आपैmं म ट्रायलमा जान्छु, भनिसकेपछि भोलिका दिनमा नैतिकताको प्रश्न उठ्यो । अब जति ठूला व्यक्तिको चरित्रमा कुनै नैतिकताको प्रश्न उठ्यो भने यसैलाई नजिर बनाएर त्यसको फेस गर्नुपर्छ । यो ऐतिहासिक नजिर हो ।
रोशनी शाहीले प्रहरीमा जाहेरी दिइन्, कृष्णबहादुर महराले ‘मलाई बलात्कारको प्रयास ग¥यो’ भनेर त्यो सही हो ?
यो अनुसन्धानमा रहेको विषय हो । अहिले कोर्टमा गएको छ । अनुसन्धानमा रहेको छ ।
यसमा महरा र रोशनी शाही को दोषी हुन् ?
यहीं नै हो भनेर अहिले नै भन्न सकिँदैन । भन्ने पनि होइन । अनुसन्धानमा रहेको विषय, जसमा आरोप लागेको व्यक्तिले म फेस गर्छु भनिरहेको अवस्थामा हामीले अहिले नै विचार बनायौं भने त्यो गलत हुन्छ ।
तपाईंहरुले त घटनास्थलदेखि विभिन्न ठाउँको अनुसन्धान गरिरहनुभएको छ नि ?
अनुसन्धान नसकिँदासम्म हामीले कुनै दृष्टिकोण राख्नुनै गलत हुन्छ । तपाईंले पनि राख्न पाउनुहुन्न ।
छिटोछिटो यसको पर्दाफास हुनुपर्यो नि ?
यसमा कानुनले जति टाइम दिएको छ, त्यो भित्रै हुन्छ ।
त्यसको लागि कति समय कुर्नुपर्छ ?
यो अनुसन्धान अदालतमा छिटै पेश हुन्छ, त्यसकारण धेरै समय लाग्दैन ।
अनुसन्धान अन्तिम भएको छैन ?
यसको अनुसन्धान काठमाडौं परिसरले गरिरहेको छ । त्यसमा केही समय लाग्छ । सकेसम्म छिटो पूरा हुन्छ ।



प्रतिक्रिया दिनुहोस्