Logo

इरानको तेल ट्यांकरमाथि रकेट हमला, खाडीमा युद्धको खतरा



इरानको तेल ट्यांकरमाथि रकेट हमला भएको छ । आक्रमणबाट समुन्द्रमा रहेको ट्यांकरमा क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार रेड सीमा शुक्रबार विहान भएको आक्रमणबाट समुन्द्रमा तेल चुहिएको छ । आक्रमण साउदी अरेबियाको जेद्दा बन्दरगाहबाट एक सय किलोमिटर दूरीको समुन्द्रमा भएको थियो । यसले खाडीमा युद्धको कालो बादल मडारिएको छ ।

साउदी अरेबियाले इरानमाथि आफ्नो तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको आरोप लगाइरहँदा पछिल्लो घटना घटेको हो । इरानमाथि अमेरिका र साउदी अरेबियाले आक्रमणको धम्की दिदै आएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटनामा कसैको संलग्नताबारे इरानले केही बोलेको छेैन । रकेट हमलापछि ट्यांकरले मार्ग बदल्ने जनाइएको छ ।-एजेन्सी Photo Source: Twitter page of journalist Aban Aslani



प्रतिक्रिया दिनुहोस्