Logo

धोती पहिरनमा मोदीले सीको स्वागत गरे



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चेन्नईको महाबलीपुरममा स्वागत गरेका छन् । धोती पहिरनमा मोदीले सीको स्वागत गरेका हुन् ।

भेटपछि दुवै नेताको मुस्कुराहटसहितको तस्बिर सार्वजनिक भएको छ । सी आजै दिउँसो चेन्नई पुगेका हुन् ।

भारत चीन अनौपचारिक समिटमा सहभागी हुन पुगेका दुई नेताबीच आज र भोलि महत्वपूर्ण छलफल हुनेछ । काश्मिरको विषयमा दुवै नेताबीच गम्भीर कुराकानी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।-एजेन्सी  Photo Source: PMO India



प्रतिक्रिया दिनुहोस्