Logo

विराट कोलीले सचिन तेन्दुलकरको किर्तिमान तोडे



भारतीय क्रिकेट स्टार विराट कोलीले सचिन तेन्दुलकरले टेष्ट क्रिकेटमा बनाएको सर्वाधिक दोहोरो शतक बनाउने खेलाडीको किर्तिमान तोडिदिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेटमा कोलीले आज दोहोरो शतक बनाए ।

अब उनी टेष्ट क्रिकेटमा सबैभन्दा बढी सात दोहोरो शतक बनाउने खेलाडी बनेका छन् । अब उनी टेष्ट क्रिकेटमा सबैभन्दा बढी दोहोरो सतक बनाउने खेलाडीको सूचीमा चौंथो नम्बरमा परेका छन् । टेष्ट क्रिकेटमा बढी शतक बनाउनेमा डोन ब्राडम्यान १२, कुमार संघाकारा ११ र ब्रायन लारा ९ छन् ।-एजेन्सी Photo Source: BCCI



प्रतिक्रिया दिनुहोस्