Logo

मुकेश अम्बानी लगातार १२ वर्ष भारतको सबैभन्दा धनी



मुकेश अम्बानी लगातार १२ वर्ष भारतको सबैभन्दा धनीको सूचीमा रहन सफल भएका छन् । उनले यस वर्ष आफ्नो सम्पत्तिमा ४.१ अर्ब डलर जोडेका छन् ।

फोर्बस् म्यागाजिनले २४ असोजमा जनाए अनुसार उनको टेलिकम सम्बन्धि रिलायन्स इन्डष्ट्रिज भारतको सबैभन्दा बढी प्रयोग हुने मोबाइल सेवा हो ।
पूर्वाधार क्षेत्रका टाइकुन गौतम अडानी आठ स्थान माथि उक्लँदै दोस्रो स्थानमा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातका बैउनले अष्ट्रेलियामा कोइला खानी शुरु गरेका छन् ।

बैंकर उदय कोटक, एडटेक युनिकर्नका विजु रवीन्द्रन, हल्दिरामका मनोहरलाल र मधुसुदन अगरवाल, बाथरुम फिटिङका जकुर ब्रान्डका राजेश मेहरा, अल्किम ल्याबरोटरिजका सम्प्रदा सिंह दश सर्वाधिक धनीमध्येमा परेका छन् । Photo Source: Forbes



प्रतिक्रिया दिनुहोस्