Logo

नव रेशमी मार्ग र नेपाल



रिपोर्टर्स नेपाल विशेष । इशापूर्व तेस्रो शताब्दीको अन्ततिर शुरू भएको सिल्क रोड अर्थात् रेशमी मार्ग प्राचीन चीनको समृद्धीको मुख्य आधार थियो । चीनबाट एशिया र यूरोपका अन्य देशहरूमा रेशमी मार्ग भएर व्यापार हुँदा चीन समृद्धीको शिखरमा थियो । अहिले उसले गौरवशाली इतिहासलाई मध्यनजरमा राखी सिल्क रोड जमिनमार्ग मात्र थियो तर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) जसलाई वान बेल्ट वान रोड पनि भनिन्थ्यो जमिन र पानी दुवै मार्गबाट देशहरूलाई जोड्ने योजना छ ।बीआरआई योजना अनुसार जल र जमिन दुवैतर्फ मार्गहरू विकास गरी विश्वभर आर्थिक प्रभावको पहलकदमी देखाइरहेछ ।

सिल्क रोड जमिनमार्ग मात्र थियो तर वान बेल्ट वान रोडमा जमिन र पानी दुवै मार्गबाट देशहरूलाई जोड्ने योजना छ । एशिया र यूरोपभरका देशहरूलाई सम्बन्ध र सहयोगले जोड्ने विकासको शैली र रणनीतिमा चीनको विश्वव्यापी प्रभाव विस्तारसँगै आर्थिक विकासको उद्देश्य लुकेको छ । विश्वभर आफ्नो भूमिका बढाउने महत्वाकांक्षा बोकेको योजना मुताबिक दक्षिण एशियामा लगानी भित्राइरहेछ । सम्बन्ध र लगानी विस्तारका हेतु चिनियाँ राष्ट्रपति सी जिङपिङले सन् २०१४ को सेप्टेम्बरमा श्रीलंका र मालदिभ्सको ऐतिहासिक भ्रमण गरी अरबौं लगानीको सम्झौताहरू गरे । वन बेल्ट वान रोडको सञ्जाल टापु राष्ट्रहरूसम्म पु¥याउने पहलकदमी उठाए ।

दक्षिण एशियाका अधिकांश देशहरूको ठूला आयोजनाको जिम्मा पाउन चीनले सफलता हासिल गरिरहेछ । चाहे पाकिस्तान शासित काश्मिरमा चिनियाँ कम्पनिले जलविद्युत आयोजना निर्माण गरिरहेको होस् या श्रीलंकामा १.५ अर्ब डलर लागतको बन्दरगाह शहर निर्माणको मेगा प्रोजेक्टमा चिनियाँ कम्पनि संलग्न छ । सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिङपिङले श्रीलंका भ्रमण गर्दा विमानस्थल, बन्दरगाह, राजमार्ग र ऊर्जाप्लान्टका लागि सहुलियत ऋण दिने सम्झौता गरेका थिए ।

चीन श्रीलंकामा सर्वाधिक लगानी गर्ने देश बन्नपुग्यो । मालदिभ्समा चीनको लगानी ह्वात्तै बढेको छ । पूर्वाधार निर्माणका अलावा पर्यटनमा चिनियाँ लगानीमा वृद्धि भएको छ । भिन्न टापुमा रहेको विमानस्थल र राजधानी मालेलाई जोड्ने सात किलोमिटर लम्बाईको पुल चिनियाँ सहयोगमा निर्माण गरियो । सन् २०१४ र २०१५ को दुवै वर्ष मालदिभ्स घुम्न जाने चिनियाँ पर्यटकहरूको संख्या साँढे तीन लाखले नाघेको छ । पाकिस्तान शासित काश्मिरमा चीनको सरकारी कम्पनि थ्री गर्जेजले ११ सय मेगावाट क्षमताको कोहाला जलविद्युत आयोजना निर्माण अगाडि बढाएको छ । २.४ अर्ब डलर लागतको आयोजना निर्माणमा चुनौतीहरु नआएको होइन ।

चीनले रेशमी मार्गको नयाँ रूपमा सारेको बीआरआईको विकास रणनीतिमा क्षेत्रीय शक्तिहरूको सतर्कतासँगै चासो बढेको छ ।
चीनको पहलकदमीमा एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक देखि ब्रिक्स बैंकको स्थापना भइसकेको छ । अबको युग एशियाको युग हो भन्ने देखिनेगरी चिनियाँ भूमिकाहरू देखिइरहँदा नेपालले कसरी लाभ लिने भन्ने विषय गम्भीर हो । Map Photo



प्रतिक्रिया दिनुहोस्