Logo

रोनाल्डोको ६९९ औं गोल



क्रिस्टियानो रोनाल्डो खेल जीवनको ७०० औं गोलका लागि एक गोल प्रहारमात्र टाढा छन् । युरो कप फुटबल छनोट खेलमा लक्जेमवर्गविरुद्ध गोल गरेपछि उनी ७०० औं गोल नजिक पुगेका हुन् ।

गएराति भएको खेलमा फुटबल स्टार रोनाल्डोले पोर्चुगलका लागि दोस्रो गोल गर्दै करिअरकै ६९९ औं गोल गरे । आफ्नो देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीको किर्तिमान बनाउनबाट केही गोल मात्र बाँकी छ ।

जुभेन्टसबाट खेलिरहेका रोनाल्डो पछिल्लो समय फर्ममा छन् । यति उनले एक गोलमात्र गरेमा ७०० गोल गर्ने सँसारका छ खेलाडीमध्येमा पर्नेछन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्