Logo

सीको सुरक्षाका लागि आकाशमा हेलिकोप्टरको फन्को



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई मध्यनजर गरी नेपाली सेनाले हवाई गस्तीलाई तिव्रता दिएको छ । हिजो देखि सीको सवारी चल्ने सडक वरपर हवाई गस्ती भइरहेको छ ।

नेपाली सेनाले शनिबार विहानबाट शहरका मुख्य क्षेत्रमा हवाई गस्तीलाई तिव्रता दिएको छ । सीको यात्रा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड, रत्नपार्क, लाजिम्पाट, शितलनिवासलगायतका क्षेत्र वरिपरि सेनाको हेलिकोप्टरले गस्ती गरिरहेको छ ।

विहानबाट हेलिकोप्टर आकाशमा फन्को मारिरहेको छ । सीको लागि अहिलेसम्मकै उच्च सुरक्षा दिइएको छ । सडकमा सेना र प्रहरीको गस्ती देखिन्छ ।

सादा पोशकमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । १५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । थप सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्