Logo

सिरियामा तनाव बढेकोमा ब्राजिलद्वारा चिन्ता व्यक्त



रियो डे जानेरो, २५ असोज : सिरियाको उत्तरपूर्वी क्षेत्रमा बढेको तनावप्रति ब्राजिलले चिन्ता व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित विज्ञप्ति जनाइएको छ ।

ब्राजिल सरकारले सबै पक्षलाई नागरिक बस्ती र पूर्वाधारको अखण्डतालाई जोगाउन र यस क्षेत्रमा मानवीय सहायतामा पूर्ण, प्रतिबन्धित र सुरक्षित पहुँच सुनिश्चित गर्न अधिकतम संयम र सैन्य गतिविधि बन्द गर्न आग्रह गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

‘सिरियामा द्वन्द्व अन्त्य गर्ने एक मात्र राजनीतिक तारिका भएको ब्राजिलको सरकारले पुष्टि गर्दछ ’ विज्ञप्तिमा जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्