Logo

जब मोदी सबेरै समुन्द्री तटमा फोहोर टिप्न थाले…



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहानै उठेर समुन्द्री तटमा घुम्न गए । ममलापुरम तटमा घाम नझुल्किदै पुगेका उनले प्लाष्टिकका बोतललगायत सामाग्री यत्रतत्र फालिएको देखे ।

विहान समुन्द्री तटको दृश्य हेरेर आनन्द लिन छाडेर बोतल र फोहोर टिप्न थाले । तालिम नाडुमा भारत चीन दोस्रो इन्फरमल समिटमा सहभागी हुन शुक्रबाट पुगेका मोदीको शनिबार विहान तटमा फोहोर टिप्दैको दृश्य ट्वीटरमा राखेका छन् । उनले होटलको कर्मचारी जयराजलाई संकलित फोहोर हस्तान्तरण गरेको बताए ।

उनले लेखेका छन्, ‘सार्वजनिक स्थानहरु सफा सुग्घर राख्ने प्रतिवद्धता जनाऔं, हामी आफू स्वस्थ र स्फूर्त रहने प्रतिवद्धता जनाऔं ।’- एजेन्सी

हेर्नुहोस् भिडियो:

 

Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्