Logo

उद्योगमा लागेको आगो नियन्त्रणमा



पर्सा, २५ असोज : वीरगञ्ज महानगरपालिकाको वडा नं ९ स्थित आर्दशनगरमा सञ्चालित ओम साई ड्रिङ्किङ प्रालीमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । विद्युत्को तार सर्ट भई आज बिहान ८ बजेदेखि सो पानी उद्योगमा लागेको आगो ११ बजे नियन्त्रणमा लिइएको थियो ।

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र, नेपाल सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट उद्योगमा रहेको वाटर प्लान्ट, अटोमेटिक प्लान्ट, कच्चा पदार्थसहित सँगै रहेको कार्यालयका सम्पूर्ण समान पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्