Logo

मोदीसँगको भेटवार्तामा कश्मिरबारे सीले एक शब्दपनि बोलेनन्



काठमाडौं, २५ असोज । भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मादीबीच एक घण्टा लामो छलफल भएको छ । भेटको क्रममा आतंकवादको विषयमा छलफल भएपनि भारत र पाकिस्तानवीचको विवादको विषय कश्मिरबारे भने एक शब्दपनि कुरा नभएको बुझिएको छ । भारतको तमिलनाडु राज्यको महाबलीपुरम(ममल्लापुरम) मा भएको अनौपचारिक शिखर वार्ताले भारत–चीन सम्बन्धमा नयाँ आयाम थपेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । एक घण्टासम्म भएको वार्तापछि दुई देशबीचको सम्बन्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चेन्नई कनेक्ट’ नाम दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो २ हजार वर्षको कालखण्डमा दुवै देश आर्थिक महाशक्ति रहेको र फेरि एक पटक त्यसैतर्फ अगाडि बढेको बताए ।

पछिल्लो वर्ष वुहान बैठकलाई उल्लेख गर्दै मतभेदलाई विवादको विषय बन्न नदिने मोदीले भने । साथै एक अर्काको चिन्ताको पनि दुवै देशले सम्बोधन गर्ने उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय मुद्दामा कुराकानी भएको बताए ।



प्रतिक्रिया दिनुहोस्