Logo

दुई घन्टाभन्दा कम समयमा म्याराथुनको दूरी पार गर्दै किपचोगेले बनाए विश्वकिर्तिमान



विश्व खेलकुदमा आज नयाँ इतिहास कोरिएको छ । ६५ वर्ष लामो म्याराथुन इतिहासमा पहिलोपटक केन्याली खेलाडी इलिउड किपचोगेले दुई घन्टाभन्दा कम समयमा म्याराथुनको दूरी पार गरी विश्व किर्तिमान बनाएका हुन् । दुई घन्टाभन्दा कम समयमा म्याराथुन दूरी पार गर्ने पहिलो मानव बनेका छन् उनी ।

३४ वर्षीय किमचोगेले एक घन्टा ५९ मिनेट ४० सेकेन्डमा ४२.२ किलोमिटर दूरी पार गरे । अष्ट्रियाको राजधानी भियनामा भएको प्रतियोगितामा उनले रचेको इतिहास मानव इतिहासकै महत्वपूर्ण क्षणका रुपमा दर्ज भइसकेको छ । यसअघि दशकौं देखि के दुई घन्टा भन्दा कम समयमा कसैले म्याराथुन दूरी पार गर्न सक्छ ? भनी प्रश्नसहित विश्लेषण हुनेगरेको थियो । यसका लागि अझै दशकौं समय लाग्ने विश्लेषण खेल पण्डितहरुले गरेका थिए । ओलम्पिक विजेता केन्याली खेलाडी किमचोगेले सन् २०१९ मै यो सफलता हासिल गरेका छन् ।

यसअघिको विश्व किर्तिमान किमचोगकै नाममा थियो । उनले सन् २०१८ मा बर्लिनमा २ः०१ः३९ को समयमा दौड पूरा गरेका थिए । उनी सन् २०१७ मा केही सेकेन्डले मात्र इतिहास बनाउनबाट चुकेका थिए ।

विश्वकिर्तिमानधारी किपचोगेले खुशी व्यक्त गर्दै दुई घन्टा कम समयमा म्याराथुनको दूरी पार गर्न ६५ वर्ष कुर्नुपरेको बताए । उनले भविष्यमा अन्य खेलाडीले पनि यस्तो सफल हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।-एजेन्सी

Twitter Page of Eliud Kipchoge



प्रतिक्रिया दिनुहोस्