Logo

सीको स्वागतको लागि मन्त्री विमानस्थलमा, प्रधानमन्त्री र राष्ट्रपति पनि पुग्दै



काठमाडौं, २५ असोज । नेपालको राजकीय भ्रमणमा काठमाडौं ओर्लन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतको लागि नेपाल सरकारका मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् । विमानस्थलमा सीलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

अबको केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीपनि विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ । सी लाई विमानस्थलमै गार्ड अफ अनर दिईनेछ । विमानस्थलबाट सी सिधै उनी बस्ने होटल सोल्टी क्राउन प्लाजामा पुग्नेछन् ।



प्रतिक्रिया दिनुहोस्