Logo

एयर चाइनाको दुईवटा विमान आयो, सी कुनमा ?



काठमाडौं, २५ असोज । त्रिभुवन विमानस्थलमा साँढे चार नबज्दै एउटा विमान उत्रियो । एयर चाइनाको उक्त विमानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्रिएको ठानियो ।

पहिलो विमान उत्रिएको १५ मिनेटपछि अर्को विमान उत्रियो । उत्रिएका विमानमध्ये कुनमा चिनियाँ राष्ट्रपति चढेका थिए भन्नेमा धेरैलाई अन्यौल पर्यो ।

विमानस्थलमा उनलाई स्वागत गर्न बसेका विशिष्ट अतिथिहरु नै छक्क परे । उनीहरुले हेरेको हेरै भए । विमानबाट चिनियाँ विदेशमन्त्री ओर्लिए । उनको साथमा केही विशिष्ट अतिथिहरु समेत थिए ।

सी दोस्रो विमानमा रहेछन् । विमानको भर्याङमुनी राष्ट्रपति विद्यादेवी भण्डारी पुगेपछि बल्ल सी रहेको थाहा भयो सी त्यही विमानमा रहेछन् । उनी बसेपछि पनि दुई अधिकारी झरे । त्यही विमानतर्फ कारगेट अगाडि बढ्यो । सी एक्लै बल्ल झरे ।



प्रतिक्रिया दिनुहोस्