Logo

चिनियाँ राष्ट्रपति सीले प्रचण्डलाई किन एक्लै भेट्न चाहे ?



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ । शनिबार अपरान्ह काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्डसँग भोलि (आतइतबार) विहान वान–टु–वान भेटवार्ता गर्ने भएका हुन् ।

प्रचण्डको निजी सचिवालयले जनाएअनुसार प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ। राष्ट्रपति सीले आज (शनिबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन् ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी छन्। रात्रीभोज सुरू हुनुअघि सोही होटलमा देउवासँग भेटवार्ता हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा आइतबार नेपाल-चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ।



प्रतिक्रिया दिनुहोस्