Logo

चिनियाँ राष्ट्रपतिलाई नेपालीहरुको भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणको क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक अंगका प्रमुखहरुले न्यानो स्वागत गरेका थिए ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएकोले पूरा विश्वले आज नेपाललाई हेरिरहेको छ । विमानस्थलमा सीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो । त्यसलगत्तै सी आफू बस्ने होटल सोल्टी पुगेका हुन् । विमानस्थलबाट होटल जाने क्रममा उनलाई सडकमै बसेर नेपालीहरुले भव्य स्वागत गरेका थिए ।

सीको स्वागतका लागि सडक छेउमा सरकारी कर्मचारी, विभिन्न पेशागत संघ–संगठन, सर्वसाधारणलगायत लामबद्ध थिए । सी विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै सोल्टी होटल पुगेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्