Logo

चिनियाँ राष्ट्रपति होटल सोल्टी जाँदा जे देखियो (भिडियोसहित)



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणमा नेपाल आएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङलाई भव्य स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई काठमाडौँका सडक किनारमा बसेका सर्वसाधारण तथा सरकारी कर्मचारीले सडक किनारामा बसेर भव्य स्वागत गरेका छन् ।

त्रिभुवन विमानस्थलदेखि कालीमाटीको सोल्टी होटलसम्मका सडक किनारमा कर्मचारी तथा सर्वसाधारणले नेपालको झण्डा र चीनको झण्डा लिएर राष्ट्रपति सीको सम्मान गरेका थिए । विमानस्थलबाट सी सिनामंगल, कोटेश्वर, बानेश्वर, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल सोल्टी पुगेका थिए । भिडियो : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्