Logo

नेपाल-चीन उच्चस्तरीय भ्रमण श्रृंखला



काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणअन्तर्गत काठमाडौ आएका छन् । २३ वर्षपछि चीनका तर्फबाट नेपालमा भएको यो उच्चस्तरीय हो । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन नेपाल आएका थिए । दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आएका हुन् ।

नेपाल–चीन सम्बन्ध ऐतिहासिक भए पनि यसले सन् १९५५ मा आएर औपचारिक (कूटनीतिक) मान्यता पाएको हो । दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आएका हुन् । नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ ।

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन् । नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ ।

चीनका तर्फबाट पहिलोपटक सन् १९५७ मा तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए । उनी सन् १९६० मा दोस्रोपटक नेपाल आएका थिए ।
चाउपछि चिनियाँ नेता देङ सियाओ पिङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन चिनियाँ प्रधानमन्त्री झाओ झियाङले सन् १९८१, चिनियाँ राष्ट्रपति ली सियाननियानले १९८४ र प्रधानमन्त्री ली पेङले १९८९ मा नेपाल भ्रमण गरेका थिए ।

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङजीले नेपाल भ्रमण गरेका थिए । सन् २०१२ मा केही समयका लागि प्रधानमन्त्री बेन जिआवाओ यहाँ आएका थिए ।

नेपालका तर्फबाट सन् १९५६ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र १९६० मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले चीन भ्रमण गरेका थिए । सन् १९६१ मा राजा महेन्द्र चीन भ्रमणमा गएका थिए । त्यस्तै सन् १९७२ र १९७८ मा तत्कालीन प्रधानमन्त्री कीर्ति्निधि विष्टले चीनको भ्रमण गरेका थिए । तत्कालीन राजा वीरेन्द्रले सन् १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१ मा गरी ६ पटक चीन भ्रमण गरे ।

तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइरालाले सन् १९९२ र १९९३, प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ र प्रधानमन्त्री शेरबहादुर देउवाले १९९६ मा चीन भ्रमण गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्रले सन् २००२ र २००५ मा चीन भ्रमण गरे । प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहालले सन् २००८ र २०१७ मा चीन भ्रमण गरे ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २००९ मा र प्रधानमन्त्री सुशील कोइरालाले २०१४ मा चीन भ्रमण गरेका थिए । नेपालको पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादवले सन् २०१० र २०१५ मा दुईपटक चीन भ्रमण गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष चीन भ्रमण गरेका थिए ।

उनले यसअघि पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१६ मा पनि चीन भ्रमण गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले २०१८ मा चीन भ्रमण गरे। पछिल्लोपटक गत वैशाखमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट चीनको राजकीय भ्रमण भएको हो ।



प्रतिक्रिया दिनुहोस्