Logo

चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गरे



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आज काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय रात्रिभोजको आयोजना गरेकी छिन् । उक्त रात्रिभोजमा दुवै देशका राष्ट्रपतिले सम्बोधन गरेका थिए । नेपालकी राष्ट्रपति भण्डारीले सम्बोधन गरेपछि सम्बोधन सुरु गरेका चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गरेका थिए।

चिनियाँ राष्टपतिले सम्बोधन गर्दै उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताएका थिए । यस्तै, उनले नेपाल भ्रमण बर्ष(२०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने पनि धारणा राखेका छन् । सोल्टी होटलमा आयोजित रात्रिभोजमा शुरुमा राष्ट्रपति भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन् । तस्वीर : रोशन सापकोटा



प्रतिक्रिया दिनुहोस्