Logo

सी जिनपिङसँग भेट्न पाउँथे महरा



काठमाडौं, २५ असोज । महिलामाथि जर्बजस्ती अभियोग लागेर राजीनामा दिनुनपरेको भए निवर्तमान सभामुख कृष्णबहादुर महराका लागि २५ असोजको साँझ महत्वपूर्ण हुन्थ्यो । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ताको अवसर पाउँथे ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी ले केही महत्वपूर्ण अधिकारी र नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ । सभामुख नहुँदा स्वागतका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपछि सिधै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना देखिएका थिए ।

कुनैबेला राजनीतिक पहुँच र प्रभावका अलावा व्यक्तिगत राजनीतिक क्षमता समेत रहेका महराको महिलामाथि जर्बजस्ती प्रकरणले राजनीतिक भविष्य अन्धकारमा पार्यो नै उच्च तहको प्रत्यक्ष भेटघाटको अवसर पनि गुम्यो ।



प्रतिक्रिया दिनुहोस्