Logo

‘चीन-नेपाल आर्थिक कोरिडोरमा चीनले भारतको सहभागिता खोज्यो’



काठमाडौं, २६ असोज । भारतको सहभागिताविना नेपालमा चीनले संचालन गर्ने पूर्वाधार विकास व्यवसायिक रुपमा अव्यवहारिक हुने सामरिक मामलाका एकजना भारतीय विज्ञ सी राजामोहनले लेखेका छन् । चीनले नेपालमा अगाडि बढाइरहेको पूर्वाधार निर्माणका विषयहरुप्रति भारत सतर्क रहेको समेत उल्लेख गरेका छन् ।

‘चीनको नेपालमा पूर्वाधार आयोजनाहरुप्रति भारत शर्तक रहेको लुकेको छैन,’ राजा मोहनले दी इन्डिएन एक्सप्रेसमा लेखेका छन्, ‘सी र ओलीले चीन नेपाल आर्थिक कोरिडोरबारे कुरा गर्दै गर्दा प्रधानमन्त्री मोदीले कठिन चुनौती देखेपनि बोलेका छैनन् ।’

चीन र नेपालबीचको आर्थिक कोरिडोरमा चीनले भारतको सहभागिता चाहेको भन्दै त्यसबारे चेन्नईमा कुरा भए नभएको स्पष्ट नभएको उनको लेखमा उल्लेख छ । उनले लेखेका छन्, ‘चीनले चीन नेपाल आर्थिक कोरिडोरमा भारतको सहभागिता खोजेको छ ।’ भारतको सहभागिताविना कतिपय आयोजनाहरु व्यवसायिक रुपमा सम्भव हुन कठिन हुनसक्ने चीनले बुझेको राजा मोहनले लेखेका छन् ।

चिनियाँ नेताले हिमालयपार कनेक्टिभिटीको सञ्जाल निर्माणमा सहयोग गर्ने विषय उल्लेख गरे । चीन नेपाल हिमालयपार मल्टी मोडल कनेन्टिभिटी सञ्जाललाई चीन नेपाल आर्थिक कोरिडोर नाम दिदै चीन पाकिस्तानबीचको कोरिडोर र चीन म्यानमा कोरिडोरसँग तुलना गरेका छन् ।

सीले हिमालय कनेकन्टिभिटी दुई देशका लागि मात्र नभई समग्र क्षेत्रका लागि लाभदायक हुने उल्लेख गरेको भन्दै भारतले यसमा चासो लिने नलिने निश्चित छैन । भारतले बेल्ट एन्ड रोड इनिसिएटिभ योजनामा नरम नीति लिने संकेत नगरिरहँदा यो विषयमा सहभागिता जनाउने कुनै संकेत छैन । बरु यसले कठिन त्रिकोणात्मक गतिशिलताको अवस्था निर्माण गरेको छ ।

राजा मोहनले केरुङबाट रसुवागढी पहिलो फेजमा र दोस्रो फेजमा काठमाडौं हुँदै लुम्बनीसम्म रेल सेवा संचालनमा आउने अपेक्षा गरिएको लेखेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार चीनसँगको सम्बन्धलाई माथि उठाउन चाहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसहितको सिंगो क्याबिनेटनै स्वागतमा पुगेको विषय उल्लेख गरेका छन् । उनले लेखेका छन् ,’सीको वर्तमान इतिहासमै अभूतपूर्व स्वागत भयो ।’ सरकारले कर्मचारीलाई सी को स्वागतका लागि एयरपोर्ट देखि होटलसम्म लामवद्ध हुन निर्देशन दिएको लेखमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्